अब जुनसुकै बकैंको एटीएमबाट पैसा निकाल्दा पनि अतिरिक्त शुल्क नलाग्ने भएको छ ।
विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसको उच्च जोखिम तथा संक्रमणबाट आम जनतालाई बचाउनको लागी यस्तो नियम लागु गरिएको हो ।
नेपाल सरकारको ल्याएको नितिलाई प्राथमिकता दिएर नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।
शुक्रबार बिहान बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।