logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डुबानको समस्याप्रति नेपाल-भारत दुवै देश संवेदनशील हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली


अंकुरण खबर
1.625K
Shares

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत सम्बन्ध अन्तर सम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन्। रिपोर्टस क्लबले बुधबार गरेको साक्षात्कारमा बोल्दै ज्ञवालीले नेपाल र भारत एक आपसमा विभिन्न तहबाट अन्तरसम्बन्धित भएकाले दुवैको भविष्य सँगसँगै अघि बढ्नुमा निर्भर रहने बताएका हुन।

सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा भारत विहारका जनता चिन्तित बनेको प्रसँग उल्लेख गर्दै उनले दुवै देशलाई दुवै देशका राजनितिक, आर्थिक र सामाजिक अवस्थाले प्रभाव पार्ने बताए। जलमार्ग, कृषिमा साझेदारी लगायत आर्थिक विकासका अन्तरदेशीय विभिन्न योजनाहरु अघि बढीरहेको भन्दै उहाँले छिमेकी सम्पन्न हुनु र विपन्न हुनुको प्रभाव नजिकको छिमेकी मुलुकलाई पर्ने बताए।

उनले डुबानको समस्या प्रति भने दुवै देश संवेदनशील बनी दुवै देशका नागरिकलाई केन्द्रविन्दुमा राखेर समस्या समाधान गर्नुपर्ने आवश्यकता औल्याए। त्यसैगरी उनले सीमा सुरक्षा र सीमामा बनाउने संरचना पनि दुवै देशको हितमा गरिनुपर्ने धारणा राखे।

उनले आर्थिक विकासको क्षेत्रमा ठूला उपलब्धि हासिल गरेको भारतलाई थप उपलब्धिको कामना सहित ७३औ स्वतन्त्रता दिवसको शुभकामना पनि दिए।