logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित


अंकुरण खबर
663
Shares

कोभिड–१९ को विश्वव्यापी संक्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न सरकारले आजदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आजदेखि १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा गरेका थिए ।

सोही घोषणालाई कार्यान्वयन गर्न गठित मुख्य सचिवको नेतृत्वको कार्यान्वयन समितिले आजदेखि उक्त घोषणालाई कार्यान्वयन गरेको हो । सबै अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध तत्काललाई १८ चैतसम्म लागू हुनेछ ।