सरकारले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने भने पनि शेयर बजार खुला भएपछि लगानीकर्ताहरू बिहानैदेखि नेप्से कार्यालयमा घेराउ गर्न पुगेका छन् ।
लगानीकर्ताहरूले शेयर कारोबार बन्द नगरे नेप्से विरुद्ध कानुनी उपचारमा जान चेतावनी दिदै आन्दोलनमा उत्रिएपछि आन्दोलनकै बिच सुचारु भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) राताम्मे भएको छ ।
साताको पहिलो दिन आइतबार नेप्से आज १८.२० अकंले घटेर १ हजार २ सय ५१ दशमलव ४५ विन्दुमा कायम भएको छ । आज १९ करोड ४६ लाख ४२ हजार ९८४ बराबरको कारोबार भएको छ ।
५० वटा ब्रोकर मध्ये १५ वटा कम्पनीले अनलाइन कारोबार गर्ने लगानीकर्ताहरु मार्फत मात्र शेयर खरिद बिक्री भएको देखिन्छ । कारोबारका लागि आएका ११ उपसमूह मध्ये होटल, निर्जीवन बीमा, र अन्य बाहेकका सबै उप समूह घटेका छन् ।
कारोबार भएका १२३ कम्पनी मध्य नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबै भन्दा धेरै २ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो भने एन एम बी, हिमालयन डिसटिलेरी, एन आइ सि, र नबिल बैंकले पनि १ करोड रुपियाँ माथिको कारोबार गरेका छन् ।