logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड होम क्वारेन्टाइनमा : पारिवारलाई समय दिनुका साथै साइक्लिङमा व्यस्त (भिडियो सहित)


अंकुरण खबर
975
Shares

यतिखेर विश्व कोरोना भाइरसको चपेटामा छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हजारौको ज्यान गएको छ भने, लाखौ संक्रमित भएका छन् । कोरोना भाइरसले हरेक क्षेत्रमा प्रभाव पारेको छ । बेला नेपालमा पनि सतर्कता अप्नाइएको छ ।

सधै भरी भेटघाट, छलफल र उद्घाटनमा व्यस्त रहने शीर्ष नेताहरु कसरी सेफ क्वारेन्टाइनमा दिन व्यतित गर्दैछन्, धेरैको चासोको विषय बनेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनयता घरबाहीर निस्किएका छैनन् भने अतिआवश्यक बाहेक राजनीतिक भेटघाट नगर्ने प्रचण्डको सचिवालयले जनाइसकेको छ । अन्य शीर्ष नेताहरु पनि घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

होम क्वारेन्टाईनको  प्रचण्डले पारिवारलाई समय दिनुका साथै विभिन्न शारीरिक कसरत लगाएत साइक्लिङ गरेर समयको सदुपयोग गरेका छन् । यो बेला प्रचण्डको सचिवालयका सदस्य तथा दाहालका ज्वाइ जीवन आचार्यले प्रचण्डले साइकल चलाएर शारीरिक कसरत गरेको फोटो र भिडियो फेसबुकमा राखेका छन् ।