logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामाजिक सञ्जालमा भाइरल बनेको यो फोटो इटालियन राष्ट्रपतिको होइन्


अंकुरण खबर
1.235K
Shares

कोरोना भाइरसको इपिसेन्टर बनेको युरोपमा अहिले सबैभन्दा बढि इटाली सङ्कटमा छ।

उक्त घातक भाइरसबाट करिब ५ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ भने करिब ६० हजार मानिस सङ्क्रमित भएका छन्।

सङ्कटमा रहेको इटालीका राष्ट्रपति रुँदै गरेको भन्दै भन्दै एउटा तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, उक्त तस्विर इटालियन राष्ट्रपतिको नभई ब्राजिलका राष्ट्रपति जैयर बोल्सनोरोको हो।

गत वर्ष डिसेम्बरमा चक्कु प्रहारको घटनापछि सम्बोधन गर्दा भावुक बनेका बेला लिइएको उक्त तस्विर अहिले इटालियन प्रधानमन्त्रीको रहेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको हो।

सामाजिक सञ्जालमा भाइरल बनाइएको उक्त तस्वीरसँगै क्याप्सनमा उदृत गरिएको भनाई समेत इटालियन राष्ट्रपतिको नभई बनावटी हो।