सरकारले भोली (मंगलबार)बाट लकडाउन गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।
खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्नेबाहेक अरू सवारी साधन पनि चलाउने पाइने छैन । सरकारले सुरक्षा निकायबाट प्रयोग हुनु विमानबाहेक अन्य अन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ ।

