logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको आशंका: फ्रान्सबाट आएका दुई युवा बाग्लुङ जिल्ला अस्पतालमा भर्ना


अंकुरण खबर
1.404K
Shares

कोरोना भाइरस संक्रमणको आशंकामा बाग्लुङ जिल्ला अस्पतालमा दुई जना युवा भर्ना भएका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएका उनीहरु उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् ।

उनीहरुको थप स्वास्थ्य परीक्षणका लागि नमुना काठमाडौंको टेकु पठाउन लागिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।

काठमाडौंमा कोरोनाको संक्रमण देखिएकी १९ बर्षीया युवतीसँगै उनीहरु यही चैत ४ गते नेपाल आएका थिए ।

विमानमा उनीसँगै आएका अन्य यात्रुहरुको खोजी भइरहेको भन्दै सरकारले युवतीका परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको बताएको छ ।