कोरोना भाइरसले देश आक्रान्त भएको बेला नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्जमा शतप्रतिशत बोनस दिन निर्देशन दिएको छ ।
कोरोना नियन्त्रणका लागि सरकारले देशैभर लकडाउन गरेको अबस्थामा प्राधिकरणको मंगलबारको बैठकले शतप्रतिशत बोनस र २ सय रुपैयाँ रिचार्ज बराबरको सापटी दिन निर्देशन दिएको हो । प्राधिकरणको यो निर्णय नेपाल टेलिकम, एनेसल लगायत मोबाइल सेवा प्रदायक कम्पनीहरुमा लागु हुनेछ ।
जस्तो तपाइले १०० रुपैयाँ रिचार्ज गर्नु भयो भने मोबालमा २०० रुपैयाँ प्राप्त हुनेछ । सापटी रकममा कुनै प्रकारको अतिरिक्त शुल्क नलाग्ने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।