logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लंघन गर्ने ३०० भन्दा बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा


अंकुरण खबर
754
Shares

माहामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको दोस्रो दिन आज पनि सडकहरु सुनसान छन् । तर देशका विभिन्न स्थानबाट लक डाउन उलंघन गर्ने केही व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको आदेश उल्लंघन गरेको भन्दै ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

हिजो पहिलो दिन पनि लकडाउन उल्लंघन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो।

सरकारले कोरोना रोकथामको लागि घरबाहिर ननिस्कनुनै सबै भन्दा उत्तम बिकल्प भएकाले सबैलाई घरमै बस्न बारम्बार आग्रह गरेको छ ।