नेपालमा कोरोनाभाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएको खुलासा भएको छ । यस भाइरसको संक्रमणको लक्षण देखिएपछि चैत्र ५ गते स्वदेश फर्किएका र गत चैत १० गते परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गएका थिए ।
ती व्यक्तिको रिपोर्ट मंगलबार नै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार मात्रै सार्वजनिक गरेको हो ।