logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विष्फोटनका फरार अभियुक्त पक्राउ


अंकुरण खबर
975
Shares

विष्फोटन सम्बन्धी घटनाका फरार प्रतिवादी गंगा मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।

विष्फोटन सम्बन्धी घटनाका फरार प्रतिवादी धनुषाधाम नगरपालिकाका तेजनगर बस्ने खत्वेलाई पक्राउ गरेको हो ।

२०७६ मंसिर २८ गते क्षिरेश्वरनाथ नगरपालिका कुचियाही टोल बस्ने राजेश साह ९मृतक० को घरमा विष्फोटन भएको घटनाका फरार प्रतिवादी खत्वेलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।