logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कोरोनाको उपचारमा आवश्यक सामग्री लिएर आयो चीनबाट जहाज


अंकुरण खबर
1.456K
Shares

कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक सामग्री बोकेर चीनबाट नेपाल वायु सेवा निगमको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। साढे १२ टन स्वास्थ्य सामग्रीसहित बिहान साढे ५ बजे विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य स्वास्थ्य उपकरणसहित विमान नेपाल आइपुगेको हो। स्वास्थ्य मन्त्रालयले माग गरेका स्वास्थ्य सामग्रीहरूको पहिलो लट चीनबाट आइपुगेका हुन् ।

नेपाल आइपुगेका सामग्रीमा २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्‍विपमेण्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर १०० थान छन् । त्यस्तै मोनिटर २,००० थान, एबिजी मेसिन२० थान, भाइरल डिटेक्टिङ पिसिआर मेसिन, २० थान अक्सिजन प्लान्ट, ५ थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन रहेका छन्। त्यसैगरि १०,००० थान इन्ट्युवेटिङ सेट, २,००० थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, ७ थान सिआरआरटी मेसिन, २० थान पिसिआर किट्स र २,००० थान थर्मल थर्मोमिटर रहेका छन्। चीनबाट ल्याइनेमा १,००० थान थर्मो स्क्यानर, १० थान मेडिकल सुविधा सहितको मोबाइल एम्बुलेन्स र ५ थान जसमा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्ससहित रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसनसम्मका सामग्रीसमेत छन् ।

अब आवस्यक्ता अनुसार आजैबाट यी सामग्री सेनाको हेलिबाट सातै प्रदेशमा  पठाइने छ । सरकारले काठमाडौंको टेकु अस्पतालसँगै धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा पनि कोरोनाको परीक्षण गर्ने निर्णय गरिसकेको छ।