logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कम्तीमा एकसाता लकडाउन लम्ब्याउने संकेत


अंकुरण खबर
702
Shares

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन लम्ब्याउने तयारी गरेको छ।

नेपालमा अन्य कोरोना संक्रमतिको संख्या बढेसँगै लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरिएको हो। यस विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउने भन्ने बारे उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ। यसले तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदलाई कसरी प्रवाह गर्ने भन्ने कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो।

अहिले नेपालमा संक्रमितको संख्या ५ पुगेको छ। संक्रमितको संख्या बढेसँगै लकडाउनको समयावधि बढाउने तयारी गरिएको सचिवालय स्रोतले जनाएको छ।