logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेविसंघद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सचेतना सामग्री वितरण


अंकुरण खबर
1.95K
Shares

नेपाल विद्यार्थी संघले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत प्रहरीलाई स्वास्थ्य सचेतना सामग्री  वितरण गरेको छ।

आइतबार संघका नेता दीपक ओझाको नेतृत्वमा संकलित मास्क, ग्लोब्सलगायत स्वास्थ्य सचेतना सामग्री वृत्तका निम्ति कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर बस्नेतलाई हस्तान्तरण गरिएको हो।

ती सामग्री संघका महामन्त्री बलदेव तिमल्सिनाले हस्तान्तरण गरेका थिए। स्वास्थ्य सामग्री हस्तान्तरण गर्न संघका अर्का महामन्त्री युवराज पाण्डे, पूर्वमहामन्त्री कुन्दन काफ्ले, विद्यार्थी नेताहरु दीपक न्यौपाने, दीपक ओझा, सोमराज मल्ल, कांग्रेसका युवा नेता श्याम तिम्सिना वृत्तमा पुगेका थिए।