logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुवईबाट फर्केर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु


अंकुरण खबर
1.417K
Shares

क्वारेन्टाइनमा रहेका एक व्यक्तिको बुटवलमा मृत्यु भएको छ। रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको हो।

कोरोना विशेष अस्पतालमा क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए।

उनको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको र कोरोना परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ।

उनी चैत ८ गते दुबईबाट नेपाल आएका थिए।