logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरानमा कोरोना परीक्षण सुरु


अंकुरण खबर
1.352K
Shares

प्रदेश १ मा आइतबारदेखि कोरोना भाइरस परीक्षण सुरु भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा।अशोक ऐरले जानकारी दिए। ऐरका अनुसार प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको ल्याबमा परीक्षण हुनेछ।

१५ जना सक्रिय जनशक्ति भएको ल्याबले दैनिक २० जनाको परीक्षण गर्न सक्ने ऐरले बताए । अरु ल्याबमा प्रशोधन भएर आएको थ्रोट स्वाब भने दैनिक ८० वटासम्म परीक्षण गर्न सकिन्छ जनाइएको छ ।

यसअगाडि प्रतिष्ठानले २५ वटा थ्रोट स्वाब परीक्षण गर्न टेकु अस्पतालमा पठाउँदै आएको थियो।