कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले दुई साताको लागि अन्तराष्ट्रिय हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ।
आज बसेको उच्चस्तरिय समन्वय समितिको बैंठकले अप्रिल १५ गते सम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै लकडाउनको समय पनि थप गर्ने भएको छ। लकडाउन कति समय थप्ने भन्ने चाहिँ मन्त्रिपरिषदको बैठकले गर्नेछ । चैत ११ देखि लागू भएको लकडाउनको समय भोलि सकिँदैछ।
विश्वभर महाहारीको रुप लिएकाले उक्त अवधि लम्ब्याइएको समितिले जनाएको छ । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिएको छ।