logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मन्त्रिपरिषद्का यस्ता छन् निर्णय : खाद्यान र विद्युत महसुलमा छुटदेखि, लकडाउन चैत २५ सम्म


अंकुरण खबर
1.742K
Shares

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सरकारले गरेको लकडाउन पुनः थप भएको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले चैत २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने, एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।  सरकारले लकडाउनलाई थप सशक्त  पार्ने भएको छ ।