logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

घटेर बन्द भयो यो साताको अन्तिम शेयर कारोबार


अंकुरण खबर
2.483K
Shares

काठमाडौं – साताको अन्तिम कारोबार बिहिबार नेपाल स्टक   एक्सचेन्ज नेप्सेमा सामान्य गिरावट आएको छ । आज १ दशमलव ८६ अंकले गिरावट हुँदै परिसूचक १२२४ दशमलव  शून्य ३ अंकमा झरेको छ ।

बिहीबार कुल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर ४२ करोड ४३ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम अघिल्ले दिनको तुलनामा केही बढी हो । आज नेप्सेमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । यस कम्पनीको मात्रै ५ करोड ३७ लाख ८६ रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आएको दिन मञ्जुश्री  फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै आज पनि वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । आज बैंकिङ, जलविद्युत्, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समूहमा गिरावट आएको छ भने बाँकी सबै उपसमूह बढेका छन् ।