ललितपुरको पाटन अस्पतालमा कोरोना आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।
अस्पतालको आइसीयूमा रहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनको परीक्षणको रिपोर्ट आइसकेको छैन् । उनको आज (सोमबार) दिउँसो ३ बजेसम्ममा परीक्षण रिपोर्ट आउन सक्ने अस्पताल स्रोतले जानकारी दिएको छ ।
फागुन १४ गते अस्पताल आएका धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ३६ वर्षीय ती बिरामीको ३ बजेतिर रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ ।
१८ वर्षदेखि भारतीय सेनामा कार्यरत उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो ।