logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ठूला सिंचाई आयोजना मर्मत तथा निर्माणका लागि २ अर्ब लाग्ने : सिंचाईमन्त्री वर्षमान पुन


अंकुरण खबर
1.495K
Shares

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले यस वर्षको बाढीबाट क्षति भएको ठूला प्रकृतिका सिंचाई आयोजनाको तत्कालिन मर्मत तथा निर्माणका लागि रु ३८ करोड २२ लाख लाग्ने जनाएको छ ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले क्षतिग्रस्त आयोजनाको दीर्घकालीन कार्यको लागि भनि रु २ अर्ब ११ करोड २२ लाख लाग्ने देखिएको बताएका हुन् । २०७६ असारको अन्तिम साता परेको अविरल वर्षाका कारण तराईका रतुवा, मावा, कमल, कन्काई, बागमती, लालवकैया, कमला, कर्णाली, बबई लगायतका नदीहरुमा आएको बाढीका कारण ठूला प्रकृतिका सिंचाई आयोजनाहरुको मूलनहर र विभिन्न संरचनाहरुमा ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

बागमति नदीबाट विभिन्न स्थानमा भएका कटान डुबान नियन्त्रणका लागि बागमति तथा लालवकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट तत्काल ४० हजार बोरा तथा २५० थान नाइलन जाली क्षतिग्रस्त स्थानहरुमा उपलब्ध गराउने कार्य भएको मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा बोल्दै मन्त्री पुनले तीनै तहका सरकारले नदी जोखिम न्यूनिकरणका लागि समन्वय गरेर काम गर्नुपर्ने बताए ।