logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लकडाउनको आदेश उल्लंघन गर्दै जुवा खेल्ने ११ जना पक्राउ


अंकुरण खबर
1.443K
Shares

पर्सा प्रहरीले कोरोना भाइरस संक्रमणको जोखिक कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्दै जुवा–तास खेल्ने ११ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका–५ सखुबनिया घर भएका ३२ वर्षीय सुरेश प्रसाथ थारु, ३० वर्षीय विनोद चौधरी, ३० वर्षकै विनय थारु, ३० वर्षकै गोविन्द कुमार थारु, ३० वर्षकै ओझैया थारु, ३५ वर्षीय शिव शंकर नुनिया, ३१ वर्षीय सूर्य नारायण पन्जियार, ३२ वर्षीय हरिस्वर प्रसाद दहेत, ४८ वर्षीय शिव जनक गौरे र ३५ वर्षीय वीरेन्द्र प्रसाद चौधरी छन् ।

प्रहरीले उनीहरुको साथबाट ५७ हजार २ सय ९० रुपैयाँ नगद समेत बरामद गरेको छ । प्रहरीले पक्राउ परेका ११ जनालाई नै हिरासतमा राखी थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।