कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा वीर अस्पतालमा उपचाररत दुई जनाको सोमबार मृत्यु भएको छ ।
उनीहरुको मृत्यु कोरोना वा अन्य कारणले भन्नेबारे स्पष्ट हुन बाँकी छ । अस्पतालका अनुसार मृत्यु हुनेमा ५० वर्षका पुरुष र ३४ वर्षकी महिला छन् । मृतकमध्ये पुरुष केही दिनअघि मात्र भारतबाट आएको बताइएको छ ।
अस्पतालका अनुसार, मृतक दुवैको कोरोना परीक्षणका लागि स्वाब राष्ट्रिय प्रयोगशालामा पठाइएको बताए छ । महिला आइतबार साँझ र पुरुष सोमबार दिउँसो उपचारका लागि पुगेका थिए ।
महिलालाई निमोनिया भएको र पुरुषलाई ज्वरो आएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताएका छन् ।