भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा आगलागी भएको छ ।
विद्युत चुहावट भइ व्यवसायी रेखा अग्रवालले सञ्चालन गरेको सो उद्योगमा आज बिहान आगलागी भएको हो । आगलागीबाट करिव रु २ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए ।