logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरमा भर्ना भएका दुबै बिरामीको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.157K
Shares

भारतबाट आएका धनुषाका दुई व्यक्तिमा कोरोनाको आशंका गरिए पनि जाँचमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा शनिबार भर्ना भएका दुबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार भारतबाट केही दिन अगाडि आएका ती दुई व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालमा भर्ना भएका थिए । दुबैको स्वाब लिएर काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाएको र रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्ट नेगेटिभ आएपछि दुबैलाई डिस्जार्च गरिएको छ ।