logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज काठमाडौंका यी ६ स्थानमा नेपाल ग्यास वितरण हुँदै


अंकुरण खबर
2.314K
Shares

लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि नेपाल ग्यास उद्योगले आजदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ ।

काठमाडौं उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिने नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार आज बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

उनले तीन दिनमा दुई/दुई स्थानबाट ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेको जानकारी दिए ।