एम्वुलेन्सले ठक्कर दिँदा सुनसरीको इनरुवामा एक महिला स्वास्थ्यकर्मीको ज्यान गएको छ।
स्कुटरमा सवार ३५ वर्षीया रत्ना श्रेष्ठको ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । बुधबार विहान पूर्व(पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ च ९६०५ नंको एम्वुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको को १६ प २०६४ नंको स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करका कारण गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लाने क्रममा बाटैमा ज्यान गएको हो।
एम्वुलेन्स चालक सुन्दरहरैँचा ४ बस्ने बर्ष ४० का चन्द्रबहादुर राईलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।