ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री वर्षमान पुनले रोल्पाका १० नगर र गाउँपालिकालाई मेडिकल सामाग्री सहयोग गरेका छन्।
विश्व यतिबेला कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । यसै क्रममा मन्त्री पुनले पिपिई सेट, थर्मल गन, मास्क पठाएको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल टुवीटरमार्फत सो कुराको जानकारी गराएका हुन् ।
मन्त्री पुनको यस्तो छ स्टाटस् : “रोल्पाका १० पालिका अस्पताललाई आफ्नो तर्फबाट केही पीपीई सेट ,थर्मल गन,मास्क पठाईयो, स्वास्थ्यकर्मीलाई अबस्य पनि थप हौसला मिल्नेछ ।”
रोल्पाका १० पालिका अस्पताललाई आफ्नो तर्फबाट केही पीपीई सेट,थर्मल गन,मास्क पठाईयो/ स्वास्थ्यकर्मीलाई अबस्य पनि थप हौसला मिल्नेछ / pic.twitter.com/rDB2xwFg7P
— Barsha man Pun (@BarshamanPun1) April 1, 2020