logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आजको मौसम : मेघ गर्जन र चट्याङ्ग सहितको हल्का वर्षा हुने सम्भावना


अंकुरण खबर
1.326K
Shares

काठमाडौं –  आज देशभरको मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पश्चिमी भू भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू भागहरुमा सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहितको वर्षा हुनेछ ।

देशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशको पूर्वी तथा मध्य भू भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको र पूर्वी तराईमा आंशिक बदलिको अवस्था रहेको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ ।