कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षणका लागि चीनबाट आयात गरिएको (यापिड टेस्ट किटको गुणस्तरमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसबारे मुख खोलेको छ ।
चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेपछि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यसबारे आफ्ना धारणा सार्वजनिक गरेको हो ।
मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा चीनबाट खरिद गरिएको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले कीट प्रयोग गर्न योग्य भनि सिफारिस गरेपछि तथा सम्बन्धित निकायबाट प्रमाणित भएपछि मात्र प्रयोगका लागि वितरण हुने स्पष्ट गरेका छन् । ‘सरकारले ल्याएको ¥यापिड टेस्ट कीटको गुणस्तर निक्र्यौल भएपछि मात्रै प्रयोग हुन्छ’, कार्कीले भनेका छन् ।
विज्ञप्तिमा चीनबाट ल्याइएको कीट चीन सरकारले प्रयोगका लागि योग्य प्रमाणित गरेको दाबी कार्कीले गरेका छन् ।
विज्ञप्तिमा बजारमा अवैध ढंगले ¥यापिड कीट भित्र्याइ जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासोका आधारमा मात्रै सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिइ कीटको प्रयोग नगर्न निर्देशन दिइसकेको उल्लेख छ ।