logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

लकडाउनको नवौं दिन बुधबारः उपत्यकाबाट ३३३ सवारी साधन नियन्त्रणमा


अंकुरण खबर
858
Shares

सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

लकडाउनको नवौं दिन बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३३३ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये २ सय ९३ दुई पांग्रे र ४० चार पांग्रे रहेका छन् ।

अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन महाशाखाले आग्रह गरेको छ ।