logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेपालमा थप १ जनामा कोरोना भाइरस संक्रमण


अंकुरण खबर
1.378K
Shares

नेपालमा थप १ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ( छैँटौँ ) ६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइट दोहाबाट काठमाडौं आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो। ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्ने बारेमा भने मन्त्रालयले केही बताएको छैन ।

यसअघि सोही जहाजबाट आएकी एक युवतीलाई कोरोना संक्रमण देखिएको थियो । उनी अहिले उपचाररत छिन् ।