logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस संक्रमणबाट अमेरिकामा अर्का एक नेपालीको मृत्यु


अंकुरण खबर
793
Shares

कोरोना भाइरस संक्रमणको कारण अमेरिकामा अर्का एक जना नेपालीको मृत्यु भएको छ।

७१ वर्षीय नेपाली नागरिकको कोलोराडोमा निधन भएको हो । कोरोना भाइरसबाट संक्रमित उनलाई एक साताअघि कोलोराडोको एक अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली दुतावासले विहीवार नेपाली समुदायसँग आयोजना गरेको कन्फरेन्स कलमा कोलोराडोबाट यसको जानकारी गराइएको थियो ।

कोरोना भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुने दोश्रा ती व्यक्तिका नाम भने सार्वजनिक गरिएको छैन ।