मिथिला नगरपालिका–६ मगरटोलमा बिहीबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प १६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा धनुषाकै धनौजी गाउँपालिका–५ का २६ वर्षीय अजय कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका मण्डलको उपचारको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।