लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका विभिन्न देशका पर्यटक उद्दारको काम आजबाट बन्द हुने भएको छ ।
आज (शुक्रवार) राति १२ बजेबाट पर्यटको उद्दारको काम रोकिन लागेको हो । आज राति १२ बजेपछि पर्यटकहरु जहाँ छन् सामान्य अवस्था नभएसम्म त्यही बस्नु पर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन बोर्डका अनुसार देशका विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आउने क्रम जारी रहेको छ ।
यसैबीच आज लुक्ला र फाप्लुबाट २८ जना पर्यटकको उद्धार गरि काठमाडौं ल्याइएको छ भने आजै पोखराबाट समेत दुई वटा बसमा पर्यटकरु काठमाडौं आइरहेका छन् । काठमाडौं आएका पर्यटकलाई भने सम्बन्धित देशको समन्वयमा उद्धार गरिने पर्यटन बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १ हजार ७०८ जनाको उद्धार गरिएको छ ।