logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा कसैलाई कोरोना संक्रमणको पोजेटिभ नतिजा देखिएको छैनः स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
910
Shares

पोखरामा अहिलेसम्म कसैलाई कोरोना संक्रमणको पोजेटिभ नतिजा नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा थप नयाँ संक्रमित नभेटिएको जानकारी दिएका हुन् ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा डा. देवकोटाले हालसम्म नेपालमा ६ जनामा मात्र संक्रमण देखिएको जानकारी दिएका हुन् । उनले पोखरामा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारे ।

यसअघि पोखरामा स्थापना गरिएको प्रयोगशालाबाट परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको समाचार सार्वजनिक भएको थियो । स्वास्थ्य मन्त्रालयले उक्त कुरा हल्ला मात्र भएको स्पष्ट पारेको छ ।