logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबारे मन्त्रालय र प्रदेशको दुईथरी पुष्टि, नागरिकमा अन्यौलता पैदा


अंकुरण खबर
1.352K
Shares

कोरोना संक्रमितको संख्याको विषयमा संघीय सरकार र प्रदेश सरकारबीच कुरा बाझेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको संख्या ६ जना जनाएको छ भने, गण्डकी प्रदेश सरकारले संक्रमितको संख्या ७ जना रहेको उल्लेख गरेको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेव साइटमा कोरोना संक्रमितको संख्या ७ रहेको उल्लेख गरिएको छ भने, केन्द्रीय सरकारले ६ जना संक्रमित भएको उल्लेख गर्दा अन्यौलता पैदा भएको छ ।

केन्द्र सरकारका अनुसार गण्डकी प्रदेश सरकारमा हालसम्म १९ वटा नमुना संकलन भएको र कसैको पनि रिपोर्ट पोजेटिभ आएको छैन ।आधिकारिक निकायबाटै यस्तो कुरा आउदा आम नागरिकमा भने, अझ बढी अन्यौलता सृजना भएको छ ।