logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन र स्वास्थ्य सामग्रीका विषयमा छलफल हुने


अंकुरण खबर
2.574K
Shares

सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न शनिबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने या नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले बताएको छ ।

त्यस्तै स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने बालुवाटार स्रोतले बतायो ।