logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विप्लवको आरोप कोरोना संक्रमणबाट बचाउन सरकार चुक्यो


अंकुरण खबर
819
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले कोरोनोबाट मरेका व्यक्तिको आकडा लुकाएको हुनसक्ने आरोप अगाएका छन् ।

विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सक्रमण फैँलदा पनि सरकारीस्तरबाट आवश्यक सचेतता नप्नाइएको आरोप लगाएका छन् । उनले समयमा नै एयरपोर्ट र सीमामा चेकजाँचको व्यवस्था नगर्दा संक्रमण धरै फैलिएको आरोप लगाएका छन् ।  उनले विज्ञप्तिमा सरकारलाई १६ बुँदे सुझाव दिँदै आफ्नो पार्टीले गर्ने ६ बुँदे कामको सूची पनि जारी गरेका छन् ।
उनले यो महामारीको घडीमा कोरोना भाइरस सक्रमण नेपालमा फैलिन नदिन आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको समेत बताएका छन् ।

उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ‘कोरोनाको सक्रमणसँगै आवश्यक औजार, उपकरण खरिदप्रक्रिया सुरु गरियो तर यो काम समयमा भएन र गरिएको पहलमा पनि कमिसन, घुसखोरी, नाफाखोरी गर्न खोजियो । निजी अस्पतालले बिमारीको उपचार गर्न अस्वीकार गरेको र केहिको ज्यान गएकाले सरकारको सूचना प्रणालीमा विश्वसनीयता देखिएन ।

बाहिर भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेपनि सरकार स्वयं भ्रष्टाचारमा लिप्त देखियो ।’ अन्तर्राष्ट्रिय उडान नरोक्दा र परीक्षण नगर्दा अहिलेको समस्या आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।