logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा कोरोनाको आशंका गरिएका दुई नेपाली कोठामै मृत भेटिए


अंकुरण खबर
1.092K
Shares

कोरोनाबाट बढी प्रभावित अमेरिकाको न्युयोर्कमा दुई नेपालीको मृत्यु भएको छ ।

नेपाली दूतावासले जनाए अनुसार मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्दै आएका सोनाम लामा र ज्याक्सन हाइट बस्दै आएका थोंग्वेन विष्टको मृत्यु भएको हो ।
केही दिनदेखि बिरामी भएर घरमानै आरम गरिरहेका सोनामको आफ्नै कोठामा मृत्यु भएको बताइएको छ । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन बाँकी छ।

फोनमा समेत सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका बताइएको छ। १८ वर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन बाँकी छ। उनको शव प्रहरीले लगेको छ ।

अर्का थोंग्वेनको पनि ज्याक्सन हाइटस्थित उनी बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो। उनी पनि १२ वर्षदेखि अमेरिका बसेका थिए । उनको बारेमा तथ विवरण आइनसकेको नेपाली दूतावासले जनाएको छ ।