आजदेखि धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षण सेवा सुरु भएको छ ।
पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना संक्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।
वाग्मती प्रदेश सरकारले कोरोना संक्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख रुपैयाँ उपलब्ध गराएको थियो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको स्रोतले जनाएको छ ।
दैनिक ९० जना सम्मको परीक्षण गर्न सकिने गरी तयारी भएको अस्पतालले जनाएको छ ।