logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कोरोनाको कहर : अमेरिका लागे कलाकार सरोज खनाल पनि


अंकुरण खबर
975
Shares

कोरोना भाइरस महामारीका कारण विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिकलाई उद्धार गरी धमाधम लगिरहेका छन्।

यसै क्रममा अमेरिकाले आइतबार आफ्ना ३ सय ३ नागरिकलाई आफ्नो देश फर्काउँदै छ। लकडाउनका कारण कैयौं विदेशी नागरिक नेपालमा रोकिएका छन्। आज कतार एयरलाइन्सको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। त्यसमा नेपालमा रहेका ३ सय ३ अमेरिकी नागरिक अमेरिकाको डालास जाँदै छन्।

त्यही क्रममा नेपाली मूलका अमेरिकी नागरिक कलाकार सरोज खनाल पनि अमेरिका उडेका हुन्। अभिनेता खनालको परिवार अमेरिकामा नै छन् । सरोज आफैँमा ग्रिन कार्ड होल्डर हुन् । त्यसैले उनी आफ्नो परिवार भेट्नको लागि अमेरिकाले चार्टर गरेको विमान चडेर उनी अमेरिका उडेका छन् । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् ।

अहिले विश्वमै सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा देखिएको छ।

ताजा तथ्यांकअनुसार अहिले त्यहाँ कोरोनाबाट ३१ लाख १६ हजार ६ सय ३५ जना संक्रमित भइसकेका छन्। यस्तै त्यहाँ कोरोनाका कारण ८ हजार ४ सय ५४ जनाको मृत्यु भइसकेको छ।