logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाग्लुङकी ६५ वर्षीया महिलाको परिवारमा कोरोना संक्रमण नभएको पुष्टी


अंकुरण खबर
923
Shares

कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया महिलाको परिवारका कुनै पनि सदस्यमा कोरोना भाइरस संक्रमण नभएको पुष्टी भएको छ ।

बाग्लुङ नगरपालिका-३ गौंडाकोटस्थित घरमा बस्दै आएकी संक्रमित महिलाको परिवारका चार सदस्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वाब परीक्षण गरिएकोमा उनीहरु सवैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

गत बिहीबार कोरोना संक्रमण पुष्टि भएकी महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

उनका ८८ वर्षीय ससुरा, कान्छी बुहारी र २ नाती समेत चार जनाको स्वाब परिक्षण गरिएको हो । बाग्लुङकै अर्की संक्रमित युवतीको परिवारका सदस्यहरुको स्वाब परिक्षणको पनि नेगेटिभ रिपोर्ट आएको थियो ।