logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल


अंकुरण खबर
1.794K
Shares

नेपाल कम्युनिस्ट पार्टीले स्कुल विभाग प्रमुखकोजिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ । लामो विवाद पछि शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो ।

स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो । खासगरी पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो ।

यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ ।

अझै जनवर्गीय संगठनसम्बन्धी विभागीय प्रमुखको भने टुंगो लाग्न बाँकी छ ।