logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा २४ घण्टामा चार सय ७२ जना कोरोनाका नयाँ संक्रमित फेला, एकै दिन ११ जनाको मृत्यु


अंकुरण खबर
2.704K
Shares

भारतमा पछिल्लो २४ घण्टामा चार सय ७२ जनामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । योसंगै भारतमा संक्रमितको संख्या तीन हजार तीन सय ७४ मा पुगेको छ ।

बीबीसी हिन्दीका अनुसार, पछिल्लो २४ घण्टामा भारतमा ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । योसंगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको । त्यस्तै भारतमा अहिलेसम्म दुई सय ६७ जना संक्रमित निको भएका छन् ।

पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ । पछिल्लो चार दिनमा मात्र भारतमा भाइरसका संक्रमितको संख्या दोब्बरभन्दा बढी पुगिसकेको छ ।