logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा लकडाउनको समयावधि बढाउने सरकारको तयारी


अंकुरण खबर
975
Shares

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपालमा लकडाउनको समयावधि थप्ने तयारी गरिएको छ।

यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले लकडाउनको समय ७ दिन थप गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको थियो। आज बस्ने मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्नेछ ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू गरेको लकडाउनको समयावधि २५ गते सकिदैछ।