logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्र बैंकको गभर्नरका लागि मन्त्रिपरिषदमा नाम सिफारिस


अंकुरण खबर
1.144K
Shares

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक र पूर्वगर्भनर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहेको समितिले अर्थ मन्त्रालयका पूर्व सचिव राजन खनाल, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई सिफारिस गरेको स्रोतले जनाएको छ।

आज बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने बुझिएको छ। चैत ५ गतेदेखि राष्ट्र बैंकमा गभर्नर रिक्त छ।