सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले लकडाउनको समयावधि ८ दिन थप गरेको हो ।
यसअघि सरकारले चैत ११ गतेबाट लागू हुनेगरी पहिलो पटक लकडाउन गर्ने निर्णय गरेकोमा दोस्रो पटक चैत १६ गतेदेखि २५ गतेसम्म बढाउने निर्णय गरेको थियो। दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म थियो।