logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त


अंकुरण खबर
650
Shares

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो। अधिकारी नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन्।

अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारीसहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो।

अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा अधिकारी नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर थिए।